सञ्चालक नै चोर बनेपछि...

सञ्चालक नै चोर बनेपछि...

सुनको गहना चोरीको आरोपमा एक जना ज्वेलर्स सञ्चालक पक्राउ परेका छन् । प्रहरी वृत्त, बालाजुबाट खटिएको टोलीले दोलखाका ५४ वर्षीय विकास लकाईलाई समातेको हो । 

काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित सिता ज्वलेर्स सञ्चालन गरेर बसेका उनीमाथि बालाजु बाईपासस्थित एक घरबाट सुनको गरगहना चोरी गरेको आरोपमा जाहेरी परेको थियो । 

उनलाई हिजो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनका अनुसार विकासको साथबाट सुनको १४ थान नेकलेस, ९ थान लकेट, आठ थान मंगलसुत्र, पाँच थान नौगेडी र तीन थान पिस लकेट बरामद भएको छ । 

उनीमाथि अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

टिप्पणीहरू