ब्रिटिश कलेजमा ताेडफाेड
काठमाडौँको ब्रिटिश कलेजमा लफडा भएको छ । विद्यार्थीबाट महंगो शुल्क असुलिएको भन्दै युवाहरुले कलेजमा तोडफोड गरेका हुन् ।
शुल्क घटाउनको लागि कलेज प्रशासन र व्यवस्थापन टिमलाई बारम्बार ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको बताइन्छ । सोही कारण युवाहरुले आज थापाथलीस्थित कलेज तोडफोड गरेका हुन् ।
तोडफोडमा संलग्न केही युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
टिप्पणीहरू