माइतीघर छोड्न जेनजीलाई प्रहरीको चेतावनी

माइतीघर छोड्न जेनजीलाई प्रहरीको चेतावनी

सरकारविरुद्ध सडक संघर्षमा उत्रिएको जेनजीको असन्तुष्ट समूहलाई प्रहरीले माइतीघरबाट हट्न चेतावनी दिएको छ । 

‘संयुक्त जेन-जी आन्दोलन’ को नाममा सरकारविरुद्ध सडकमा ओर्लिएका प्रदर्शनकारीलाई प्रहरीले हटाउन लागेको हो । तर, प्रदर्शनकारीले मानेका छैनन् । 

उनीहरूले अहिले ‘रगत चुस्ने आमा चाहिँदैन’, ‘सुशासन कायम गर’, ‘पीडितलाई न्याय दे’ जस्ता चर्का नारा लगाइरहेका छन् । प्रहरीले माइतीघरदेखि सिंहदरबारसम्म सर्वसाधारणलाई रोकिन दिएको छैन । 

जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनको अनुमति नदिएका कारण नियन्त्रणमा लिने प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गर्दै भनिरहेको छ, ‘आफ्नो बाटो लाग्नुस्, आफ्नो बाटो लाग्नुस् !’

प्रदर्शनलाई ध्यान दिँदै माइतीघर क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।

टिप्पणीहरू