फेरि बाक्लियो ओली–देउवा भेट,छेउमा शंकर र आरजू
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । गत साता सम्पन्न ११ औं महाधिवेशनबाट पुनः निर्वाचित भएपछि ओली देउवा भेट्न उनको नयाँ निवास महाराजगञ्ज पुगेका हुन् ।

भेटमा महासचिव शंकर पोखरेल र काँग्रेस नेतृ तथा देउवापत्नी डा. आरजू राणा सहभागी छन् । देउवा भेट्न ओली यसअघि मंसिर १० गते पनि महाराजगञ्ज पुगेका थिए ।
यो भेटपछि काङ्ग्रेस महाधिवेशन रोकिने र प्रतिनिधिसभा पुनर्स्थापनाको मुध्दाले गति पक्रने बिश्वास लिइएको छ ।
टिप्पणीहरू