गगनलाई टक्कर दिने राप्रपा रणनीति

गगनलाई टक्कर दिने राप्रपा रणनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमिति ‘क’ र ‘ख’ को संयुक्त बैठकले प्रत्यक्ष उम्मेदवारका लागि भुवनकुमार पाठक, डा. ठाकुरमोहन श्रेष्ठ,भीमसेन मैनाली,चम्पा अधिकारी,पुण्यलाल श्रेष्ठ,विशाल गुरुङ, अनिता बिमली र दिपकप्रसाद चौलागाईंलाई सिफारिस गरेको छ ।

त्यस्तै,समानुपातिकतर्फको उम्मेदवारका लागि आदिवासी जनजातिबाट दिपक रञ्जित,राजेश मगैया,गोपाल थापा मगर र कुलहादुर श्रेष्ठ सिफारिस भएका छन् । खस आर्यबाट ठाकुरप्रसाद पौडेल र गोपालप्रसाद कोइराला सिफारिस हुँदा महिलाबाट चम्पा अधिकारी,शर्मिला शाह र सरिता पाण्डे सिफारिस भएका छन् । दलित कोटामा अमर नेपाली एकल सिफारिस भएका हुन् । 

बैठकले क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप जबराले यसअघि आफूखुशी उम्मेदवार सिफारिस गरेकोमा पनि आपत्ती जनाएको छ । जबराले सम्बन्धित क्षेत्रका नेताहरुसँग कुनै छलफल नै नगरी उम्मेदवार सिफारिस गरेकोबारे बैठकमा लामो छलफल भएको बताइन्छ ।

२०७९ को निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित भएका हुन् । थापाले आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव लड्ने बताइँरहँदा अन्य दलका नेताहरुमा पनि सोही क्षेत्रबाट चुनाव लड्न होडबाजी देखिन्छ ।

टिप्पणीहरू