देउवा,ओली,प्रचण्डभन्दा अगाडि गगन,विश्व र राष्ट्रपति भेट
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि कुनै सार्वजनिक कार्यक्रममा नदेखिनुभएका काँग्रेस सभापति शेरबहादुर देउवा आज एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक प्रचण्ड सङ्गै शीतल निवास जानुभएको छ । यता सर्वोच्चमा प्रतिनिधिसभा पुनर्स्थापनानिम्ति ६० साँसदको पुरक निवेदन दर्ता हुँदाहुँदै उहाँहरुले त्यहाँ पुगेर फागुन २१ को चुनाववारे राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्नुभयो ।
उहाँहरु दिउँसो पौने ४ बजे शीतल निवास पुग्नुभएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेतालाई आज छलफलमा बोलाउनुभएको थियो । अस्ति पुस ६ गते आइतबार उहाँकै पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको थिय
टिप्पणीहरू