लेखकलाई जाँचबुझ आयोगको सात दिने म्याद
जेन जी प्रदर्शन र विध्वंशका घटनामाथि छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँझबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाएको छ ।
आयोगले आज पत्र पठाउँदै लेखकलाई सात दिनभित्र बयानमा उपस्थित हुन भनेको हो ।
बताइएअनुसार पत्रमा लेखकलाई कार्यालय समयभित्र सिंहदरबारस्थित आयोगको कार्यालयमा हाजिर हुन भनिएको छ । आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई समेत पत्र काटेर बयानमा बोलाउने तयारी गरेको छ ।
आयोगका अध्यक्ष कार्कीले ओलीलाई यही हप्ताभित्र बयानमा बोलाइने बताएका छन् ।
टिप्पणीहरू