शीतल निवासमा तीन पूर्व प्रधानमन्त्री आमनेसामने

शीतल निवासमा तीन पूर्व प्रधानमन्त्री आमनेसामने

जेनजी घटनापछि तीन पूर्व प्रधानमन्त्रीहरूकाे पहिलोपल्ट ‘फेस टु फेस’ भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको सहजीकरणमा तीन दलका शीर्ष नेताहरु आमनेसामने भएका हुन् ।

छलफलको लागि कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड केहीबेर अघि शीतल निवास पुग्नुभएको थियो । छलफल अहिले जारी छ । 

जेनजी घटनापछि ओली र प्रचण्ड पनि पहिलोपल्ट सँगै बैठकमा सहभागी हुनुभएकाे हाे । फागुन २१ गते निर्वाचन गराउन सरकारले  तयारी गरिरहँदा संसद पुनःस्थापनाको मागसहित कांग्रेस र एमाले सर्वोच्च पुगेको पृष्ठभूमिमा राष्ट्रपति पौडेलले आजको छलफल आयोजना गर्नुभएको हो ।
 

टिप्पणीहरू