सेताम्मे हिउँमा पनि सुरक्षा सुनिश्चित

चीनको उत्तरी भेगमा सेताम्मे हिउँ पर्न थालेको एक महिना भइसकेको छ । डिसेम्बरको शुरुदेखि पर्न थालेको हिउँ जनवरीदेखि चीनका मध्य भागमा समेत पर्छ । आगामी मार्चसम्म हिउँ पर्ने चीनका अधिकांश उत्तरी भेगमा जनजीवन यथावत राख्न सरकारी संयन्त्र हरदम तयार हुन्छन् ।

भित्री मंगोलिया स्वायत्त प्रदेशको हुलुन बुईरमा रहेको चेन्बर्हु ब्यानरको घाँसे मैदानमा “गाइरफाल्कन” भनिने माउन्टेड पुलिस टिमले जतिसुकै जाडोमा पनि घोडामा सवार भएर सुरक्षा निगरानी गर्छ । १८ हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो मैदानमा सुरक्षा टोली स्थानीयको सुरक्षा सुनिश्चितका लागि दत्तचित्त देखिन्छ ।

 

टोलीमा प्रयोग गरिने प्रत्येक घोडालाई छ महिनाभन्दा बढी समय तालिम दिइएको हुन्छ । हिउँदमा हुने –४० डिग्री सेल्सियससम्मको जाडो र कठिन मौसममा पनि टोलीले आफ्नो जिम्मेवारी कहिल्यै नरोक्ने प्रतिबद्धता जनाएको छ ।

सन् २०१५ मा स्थापना भएको “गाइरफाल्कन” टोली उत्तरी चीनको सीमा क्षेत्रमा खटिएको पहिलो माउन्टेड पुलिस टिम हो।

 

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू