हिटरअघि बसेर सुदनको टोली र बालेनवीच सल्लाह
फागुन २१ गतेलाई ताेकिएकाे प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेकाे सम्भावित गठबन्धनलाई चुनाैती दिनेगरी जेनजी युवाहरुले राजनीतिक सक्रियता बढाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,उज्यालाे नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ,काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहलगायतलाई एउटै कित्तामा उभ्याउन सुदन गरुङ नेतृत्वकाे जेनजी काउन्सिल सक्रिय बनेकाे हाे ।
दिउँसाे रवि र बालेनलाई कुमार बेनकाे घरमा थुनेर ताला लगाएका गुरुङले झण्डै तीन घण्टापछि खाेलेका थिए । उनीसहित अन्य जेनजी समूहले बालेनलाई "सहमतिमा नेतृत्व" लिइदिन आग्रह गरेकाे भेटमा सहभागी एक जेनजी अगुवाले बताए । उनका अनुसार आज दिनभर बालेनले गरेकाे तारन्तारकाे भेटले "नयाँ काेर्ष"काे प्रारम्भ गरेकाे छ ।
दिउँसाे रवि र बालेनलाई कुमार बेनकाे घरमा थुनेर ताला लगाएका गुरुङले झण्डै तीन घण्टापछि खाेलेका थिए ।
आज साँझ हिटरकाे तापसहित छलफलमा बसेका उनीहरुले आगामी निर्वाचनमा पनि तत्कालीन सत्ता गठबन्धनका दलहरु पुन:स्थापित भएमा देखिने सम्भावित दृश्यबारे पनि सचेत गराएका थिए । "हामी मिल्न सकेनाै भने अर्काे दुर्घटना हुनसक्छ भन्नेबारे अवगत गराएका छाैेँ, बालनजीले मिल्छाैँ भन्नू भएकाे छ", ती अगुवाले भने । छलफलमा काउन्सिलका संयाेजक गुरुङ, खेमराज साउद, उपार्जुन चाम्लिङसहित डेढ दर्जन युवा सहभागी थिए ।
टिप्पणीहरू