प्रत्यक्ष उम्मेदवारमा युवालाई प्राथमिकता

प्रत्यक्ष उम्मेदवारमा युवालाई प्राथमिकता

म्याग्दीनेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन समितिले म्याग्दीमा फागुन २१ गते हुने आम निर्वाचनका लागि ११ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

जिल्ला संगठन समितिको बैठकले प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले प्रत्यक्षतर्फ अर्जुनबहादुर थापा, कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीस मगर, टेकबहादुर विक र दुर्गा कार्कीको नाम सिफारिस गरेको नेकपाका नेता गोविन्द पौडेलले जानकारी दिए ।

त्यस्तै समानुपातिकतर्फ गोविन्द पौडेल, चन्द्रबहादुर घिमिरे, पुनम खड्का, मिना विक र लालबहादुर चर्मकारको नाम सिफारिस गरिएको छ। यसैसँगै, समानुपातिकतर्फ लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्वको लागि दिलु बुदुजाको नाम पनि सिफारिस गरिएको छ ।

पार्टीको नीति अनुसार प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्दा युवालाई प्राथमिकता दिइएको छ। संविधानसभा सदस्य तथा नेकपा नेता पौडेलका अनुसार, युवाहरूलाई अघि सार्ने उद्देश्यले प्रत्यक्ष निर्वाचनका उम्मेदवारको नाम सिफारिस गरिएको हो।

समानुपातिक सूचीमा पनि लैङ्गिक अल्पसंख्यक प्रतिनिधित्व सुनिश्चित गर्दै बाँकी उम्मेदवारको नाम पार्टी केन्द्रको नीति र मापदण्ड अनुसार चयन गरिएको छ।

टिप्पणीहरू