गृहमा उस्तै गड्बडी
नजी सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र सचिव रामेश्वर दंगालले छानीछानी एमाले र भक्तपुरबासी सहसचिवहरूलाई प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइरहेको भन्दै सहसचिवहरूले असन्तष्टि जनाएका छन् ।
हालैमात्र ६० सहसचिवको सरुवा हुँदा काँग्रेसी, माओवादी निकट भनेर चिनिएका सहसचिवहरूलाई सिडियोको जिम्मेवारीबाट प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगेर थन्काइएको छ भने ८ वटा जिल्लालाई नेतृत्वविहिन अवस्थामा राखिएको छ । यसरी सहसचिवहरू सरुवा गर्दा २ महिनामै काँग्रेस, माओवादी निकट भनेर चिनिएका प्रशासकहरू भकुण्डो बनाइएका छन् ।
जस्तो गोपालप्रसाद अर्याल, डा. टोकराज पाण्डेय, कल्पना श्रेष्ठ, सुनिता नेपाल, खिमबहादुर रायमाझी, नेत्रप्रसाद सुवेदी, कृष्णप्रसाद लम्साल, नारायणप्रसाद रिसाल, लीलाप्रसाद शर्मा, बन्धुप्रसाद बाँस्तोला, गोविन्दप्रसाद रिजाल, शंकरहरि आचार्य र धर्मेन्द्रकुमार मिश्र । ओमप्रकाश अर्याल गृहमन्त्री बने यताको तेस्रो महिनामै डा. टोकराज पाण्डेको यो दोश्रो सरुवा हो ।
यसअघि उनलाई रूपन्देहीबाट लमजुङ ल्याइएकोमा दुई महिना नबित्दै गण्डकी पु¥याइएको छ । यस्तै कृष्णप्रसाद लम्साललाई जिल्ला प्रशासन कार्यालय कैलालीबाट नवलपरासी बर्दघाट सुस्ता पठाइएको ४५ दिन नपुग्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीतिर खटाइएको छ । सोही मितिमा नारायणप्रसाद रिसाललाई महोत्तरीबाट दोलखा जिल्ला प्रशासनमा पठाइएकोमा दुई महिना नपुग्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेश पुर्याइएको छ ।
गोपालप्रसाद अर्याललाई अर्घाखाँचीबाट गृहमन्त्रालय ल्याइएकोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत सरुवा गरिएको छ । धर्मेन्द्रकुमार मिश्रालाई सुनसरीबाट बारा ल्याइएको दुई महिनामै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेस प्रदेशतिर खटाइएको छ । यस्तै शंकरहरि आचार्यलाई धनुषाबाट गृह मन्त्रालय हुँदै राष्ट्रिय महिला आयोगतिर हुत्याइएको छ ।
टिप्पणीहरू