हिउँ परेपछि झन् धेरै पर्यटक

उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तमा हिउँ पर्न थालेपछि आन्तरिक र वाह्य पर्यटकको ओइरो लागेको छ । हिउँदमा हिम पर्यटनमा जुट्ने उक्त प्रान्तमा चीनको लचिलो भिसा नीतिको कारण विदेशी पर्यटकहरूको संख्या विगतको तुलनामा निकै बढेको छ ।

सेनयाङ र दालियान सहरका लागि जारी गरिएको १० दिने भिसा–मुक्त ट्रान्जिट नीतिलाई आधार बनाउँदै सेनयाङ सार्वजनिक सुरक्षा ब्युरोअन्तर्गतको अध्यागमन प्रशासनले पर्यटकहरूका लागि थप ३० दिन बस्न मिल्ने सुविधा प्रदान गरेको छ । उक्त व्यवस्थापछि विदेशी पर्यटकमा उत्साह देखिएको हो ।

चीन घुम्न पुगेका मोरक्कोका पर्यटक अब्दुवे केन्जा भन्छन्, ‘पहिले मैले केही दिन मात्रै बस्ने योजना बनाएको थिएँ । तर नयाँ नीतिका कारण अब एक महिना बस्ने निर्णय गरेको छु । यसो गर्दा हिउँ हेर्न, खेल्न र रमाइलो गर्न सकियोस् ।’

लियाओनिङ सीमा निरीक्षण स्टेसनका अनुसार, यो वर्ष जनवरीदेखि जुनसम्म प्रान्तमा भित्रिएका विदेशी पर्यटकहरूमध्ये ७० प्रतिशतले भिसा–मुक्त नीति प्रयोग गरेको देखिन्छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा आठ गुणाले बढी हो।

सेनयाङ नगरपालिकाको सार्वजनिक सुरक्षा ब्युरोका विदेशी भिसा विभाग उपप्रमुख टिए देयाङ भन्छन्, ‘पर्यटक भिसा भएका वा भिसा–मुक्त प्रवेश पाएका विदेशी नागरिकहरूले आफ्नो यात्रा तालिका पेश गरेपछि हाम्रो एकद्वार सेवा प्रणालीमार्फत भिसा अवधि बढाउन आवेदन दिन सक्छन्। उक्त अवधिमा उनीहरूले सेनयाङमा बिना अवरोध यात्रा गर्न सक्छन् । त्यसपछि थपिएको भिसा र त्यसको जानकारी हामी सिधै उनीहरूको ठेगानामा पठाइदिन्छौं 

सा अवधि थपको सुविधासँगै, सेनयाङ सार्वजनिक सुरक्षा ब्युरोले विभिन्न १० भाषामा सेवा प्रदान गर्न बहुभाषिक एआई प्रणाली पनि सञ्चालनमा ल्याएको छ । यसले विदेशी पर्यटकहरूलाई घुमघामको विस्तृत जानकारी दिन्छ ।

स्रोत : सिसिटिभी प्लस । 

टिप्पणीहरू