प्रदेश र जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गर्दैै एमाले
फाइल फोटो
एमालेले सबै प्रदेश र जिल्ला कमिटीको संयुक्त बैठक राखेको छ । आज दिउँसो २ बजे बस्ने संयुक्त बैठकको पार्टी मुख्यालय, च्यासलले संयोजन गर्ने बताइएको छ ।
भर्चुअल माध्यमद्वारा हुने उक्त बैठकलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । हालै सम्पन्न ११ औं महाधिवेशनको सन्देश मुलुकभर एकैचोटी प्रवाह गर्न संयुक्त बैठकको आयोजना गरिएको जानकारी दिइएको छ ।
टिप्पणीहरू