मन्त्रीहरु पार्टी मुख्यालयमा : सानेपापछि च्यासलको अनुगमन

मन्त्रीहरु पार्टी मुख्यालयमा : सानेपापछि च्यासलको अनुगमन

दुई जना मन्त्रीसहितको सरकारी टोली एमाले मुख्यालय, च्यासल पुगेको छ । भदौ २४ गतेको जेन जी विध्वंशमा ध्वस्त बनाइएका राजनीतिक दलका मुख्यालय अनुगमन गर्न जाने क्रममा टोली एमालेको पार्टी कार्यालय पुगेको छ ।

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले एमाले महासचिव शंकर पोखरेललगायतसँग छलफल गरेको छ ।

यसअघि मध्यान्हको समयमा टोली सानेपास्थित कांग्रेस कार्यालय पुगेको थियो । च्यासलबाट टोली नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत राजनीतिक दलका कार्यालय पनि पुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू