गगन थापा जिन्दावाद भन्दै ठाउँ-ठाउँमा जुलुस

गगन थापा जिन्दावाद भन्दै ठाउँ-ठाउँमा जुलुस

नेपाली काँग्रेसको दोस्रो विधान महाधिवेशन उद्घाटनअघि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिएको छ ।

सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट निस्किएको जुलुस अहिले भृकुटीमण्डपमा एकीकृत हुँदैछ । शान्तिवाटिका अगाडि जम्मा भएका काठमाडौँ, धादिङ,रसुवा र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरू नाराबाजीसहित भृकुटीण्डपतर्फ प्रस्थान गरिसकेका छन् । 

काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाले नेतृत्व गरेको र्‍याली रत्नपार्क, विद्युत प्राधिकरण, पुरानो बसपार्क, सभागृह मोड हुँदै भृकुटीमण्डप पुग्ने कार्यक्रम छ । र्‍यालीमा पूर्वमन्त्री जनकराज गिरी, कैलाली जिल्ला उपसभापति भीम बढुवाल, नुवाकोटका पूर्वसभापति केदार नरसिंह केसी, टोखा नगर सभापति ओमकृष्ण बिमली लगायत करिब ५ सयको सहभागिता रहेको छ ।

काँग्रेसको चार तारे झण्डा र बाजागाजासहित गर्दै अघि बढेको जुलुसमा 'नेपाली कांग्रेस जिन्दावाद', 'दोस्रो विशेष महाधिवेशन सफल पारौँ', 'गगन थापा जिन्दावाद' जस्ता नारा लागेका छन् ।

टिप्पणीहरू