अब अध्यक्ष फुक्काफाल
फाइल फोटो
भदौ २३ र २४ गतेको जेनजी घटनामाथि छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा गरेको छ । आज बसेको आयोगको बैठकले ओलीमाथिको स्थान हद फकुवा गर्ने निर्णय गरेको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
आयोगले गत असोज १२ गते ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सुरक्षा निकायका प्रमुखहरुमाथि उपत्यका छाड्न नपाउने गरी स्थान हद लगाएको थियो । यसबीचमा सबैले आयोगसमक्ष बयान दिएर स्थान हदबाट मुक्त भइसकेका छन् ।
एमाले अध्यक्ष ओलीले भने हिजो मात्रै लिखित बयान दिएका हुन् । ६० भन्दा बढी प्रश्न बोकेर गुण्डु पुगेको आयोगको टोलीलाई ओलीले लिखित जवाफ दिएका हुन् ।

टिप्पणीहरू