दुर्गा प्रसाईंद्वारा ७ अर्बको खुलासा

दुर्गा प्रसाईंद्वारा ७ अर्बको खुलासा

राजसंस्था पुनःस्थापनको वकालत गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई ७ अर्बको अफर आएको दावी गरेका छन् । पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने तयारी गरिरहेका प्रसाईंले पत्रकार सम्मेलनमार्फत् आफू भारत जाँदा उक्त रकमको अफर आएको बताएका हुन् । 

सरकारसमक्ष संविधान खारेज र जनमत संग्रहको घोषणासहित २७ बुँदे माग राखेका प्रसाईंले अर्बौको अफर आफूले अस्वीकार गरेको दाबी गरे । ‘मलाई यो अभियान नचलाइदिनुस् भनेर केही व्यक्तिहरुले नयाँ दिल्लीको होटल लीलामा सात अर्बको अफर गरेका थिए’, उनले भनेका छन्, ‘तर त्यो सात अर्बमा दुर्गा प्रसाईं बिकेन, मलाई किन्ने पैसा यो संसारमै छैन भनेको थिएँ ।’

मुलुकलाई पृथ्वीपथमा हिँडाउनको लागि आफूले नागरिक बचाउ महाअभियान चलाएको प्रसाईंको भनाई छ । उनले पुस २७ गते राजधानी आउन समर्थकहरुलाई आह्वान पनि गरेका छन् ।

टिप्पणीहरू