लिङ्देन भेट्न पुगे सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । मन्त्री खरेल ललितपुरको लुभु, लामाटारस्थित लिङ्देन निवास पुगेका हुन् ।
भेटमा निर्वाचनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चारमन्त्री खरेलले बताए । निर्वाचनको वातावरण बनाउन सरकारको तर्फबाट मन्त्री खरेल यसअघि नेपाली काँग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूको निवासमै पुगेर भेटवार्ता गरेका थिए ।
टिप्पणीहरू