दंगा भड्कन नदिने केही उपाय
धनुषा जिल्लामा मस्जिद तोडफोड र धार्मिक ग्रन्थ कुरान जलाइएको भन्दै भड्किएको धार्मिक दङ्गा नियन्त्रण गर्न अस्ति आइतबार राजधानी काठमाडौंमा सुरक्षा समितिको आकस्मिक बैठक बस्याे । मुस्लिम–हिन्दू मुठभेठ हुन सक्ने भन्दै बैठक डाकिएको थियो । घटनाको विरोधमा बीरगञ्ज र सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । गृहमन्त्रालयले राखेको सो बैठकमा दङ्गा नफैलियोस् भनेर तराईलगायत सम्भावित जिल्लाका सिडिओ विशेष चनाखो बन्नु पर्ने, मुस्लिम तथा हिन्दू अगुवासँग वार्ता गर्नुपर्ने, सद्भाव र्याली, सहभोज र शान्तिका निम्ति साझा घोषणापत्र जारी गर्ने जस्ता सुझाव समेटिएको बताइन्छ ।
केही वर्षअघि कपिलवस्तु जिल्लामा मुस्लिम र हिन्दूबिच धार्मिक दङ्गा फैलिएको बेला यस्तै बिधि अपनाइएपछि अहिलेसम्म धार्मिक तथा साम्प्रदायिक सद्भाव नबिथोलिएको उदाहरणसमेत दिइएको थियो ।
यसबीच पुराना दलले असुरक्षित महसुुस गरेपछि राजनीतिक ध्रुवीकरण तीव्र रूपमा अघि बढेको छ । ठगेको रकम अदालतमा धरौटी राखेर छुटेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको छातामुनि काठमाडौंका मेयर बालेन साह, मन्त्री कुलमान घिसिङको उज्यालो नेपाललगायतलाई एकातर्फ खडा गरेपछि पुराना दलहरूलाई तातो लागेको थियो । यसै मेसोमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई ‘म प्रचण्डसँग भेटघाट गर्दैछु । भन्ने जानकारी दिएर आइतबार भेटघाट गरेको स्रोतको दावी छ । ओलीले प्रचण्डसँग भेट गर्दा गलत अर्थ नलागोस्, देउवा नभड्किउन् भन्ने कुरामा सचेत हुँदै फोनमा जानकारी दिएको बुझिन्छ ।
टिप्पणीहरू