निकोलसलाई बचाउन मानव अधिकार आयोग ब्याकुल

निकोलसलाई बचाउन मानव अधिकार आयोग ब्याकुल

राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो १० दिनदेखि माइतीघर मण्डलामा अनशनरत डा.निकोलस भुसाल र हरिश बिष्टको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । उनीहरुको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आयोगले वार्ताको माध्यमबाट माग सम्बोधन गर्न आग्रह गरेको हो ।

आज विज्ञप्ति जारी गर्दै आयोगले उनीहरुको शरीरमा चिनीको मात्रा घट्दै गएको बताएको छ । ‘आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्र समेत घटेको पाइएको छ’,विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै डा.भुसाल गत पुस ८ गतेदेखि आमरण अनशनमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको छ । गृहमन्त्री अर्यालले उनलाई हिजो साँझ अस्पतालमै गएर भेटेका थिए ।

टिप्पणीहरू