दुर्गा प्रसाईँलाई अल्झाएर ठूला दलमाथि दवाव
सरकारले राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका प्रतिनिधिसँग वार्ता गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा महाअभियानका संयोजक दुर्गा प्रसाईँसँग छलफल गरिएको हो ।
छलफलमा सरकारको तर्फबाट संघीय,मामिला तथा सामान्य प्रशासन र अर्थमन्त्री रामेश्वरप्रसाद खनाल,गृहमन्त्री ओमप्रकाश अर्याल,सञ्चारमन्त्री जगदीश खरेल,प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ,मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमल्सिनाको उपस्थिति थियो ।
त्यसैगरी,अभियानबाट प्रसाईँसँगै वार्ता समितिका सदस्यहरु प्रेम थापामगर,प्रेमदीप लिम्बु, देवीप्रसाद संग्रौला,तेजिन्द्र रायमाझी,विजय थापा, बलबहादुर तामाङ्ग,अर्जुन मल्ल, अजय सोडारी,सुशील बराल, दिपक खड्का,शान्ति केसी,रेणु हमाल शाहीलगायत एक दर्जनको सहभागिता थियो ।
टिप्पणीहरू