एमालेका केन्द्रीय सदस्यले नेकपा रोजे

एमालेका केन्द्रीय सदस्यले नेकपा रोजे

नेकपा एमालेका केन्द्रीय सदस्य लेखमान थापासहित पाँच दर्जन नेता-कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । 

एमालेमा व्यक्तिवाद हावी भएको निष्कर्षसहित उनीहरूले नेकपा रोजेका हुन् । आज पेरिसडाँडामा आयोजित कार्यक्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरे । 

एमाले छोडेर नेकपातिर लाग्नेहरूमा थापा र एमाले पर्साका पूर्वअध्यक्ष जयप्रकाश थारुसहित ५६ जना रहेको बताइएको छ । पार्टी प्रवेश कार्यक्रममा थारुले अब पर्साबाट एमाले बढारिने दाबी गरे । 

नवप्रवेशीलाई स्वागत गर्दै संयोजक प्रचण्डले पर्सा जिल्लामा नेपाली कम्युनिष्ट पार्टी थप सशक्त बन्ने विश्वास व्यक्त गरेका छन् । त्यसक्रममा उनले पर्सामै भव्य कार्यक्रमका बीच प्रवेश गराउने योजना भए पनि समय अभावका कारण केन्द्रीय कार्यालयमा गर्नुपरेको जानकारीसमेत दिए ।

टिप्पणीहरू