सचिव र मन्त्रीको शीतयुद्ध
प्रहरीका पूर्वहाकिम राजेन्द्रसिंह भण्डारीले दुई दुई वटा मन्त्रालय सम्हालिरहेका छन् । संयोगबस् दुबै मन्त्रालयमा मधेसी मूलका सचिव छन् । श्रम मन्त्रालयमा लामो समयदेखि कृष्णहरि पुष्कर रहेकोमा मुख्यसचिवको रेसबाट रिङआउट भएकी प्रमिला बज्राचार्यलाई नेपाल ट्रष्टमा सारेर रामआधार साहलाई फेरि खानेपानीमै भित्र्याइएको छ ।
स्रोतका अनुसार, मेडिकल माफिया कैलाश खड्कासँगको मिलेमतोमा श्रमिकको स्वास्थ्य परीक्षण शुल्क एकैपटक ३ हजार बृद्धि गरेर ९ हजार ५ सय रूपैयाँ पुर्याइएको छ । उता, हालै खानेपानी सचिवको भूमिकामा आइपुगेका रामआधारसँग मन्त्रीको ट्युनिङ्ग मिल्न सकेको छैन । मन्त्री भण्डारी एआइजी हुँदा सर्वेन्द्र खनाल नेतृत्वको अपराध अनुसन्धान महाशाखाले साहविरुद्ध ठगी मुद्दा चलाएको थियो ।
उनले अधिकांश पेट्रोल पम्पमा चिप्स जडान गरेर उपभोक्तामाथि गम्भीर ठगी गरेको बिषय अदालतमा पुगेर क्लिन चिट दिलाइएको थियो । विमलेन्द्र निधिलाई प्रयोग गरेर प्राविधिकबाट प्रशासन सेवामा सर्न जोडबल गरेका साहको प्रयास सफल हुन सकेको थिएन ।
तिनै साह नेपाल ट्रष्टमा रहँदा ताहाचलको जग्गा व्यापारीलाई दिलाएका थिए । उनै साहले जेनजी र केही बिचौलियालाई प्रयोग गरेर खानेपानी मन्त्रालयमा भित्रिएका थिए, भण्डारी मन्त्री हुनु केही दिनअगाडि । अहिले उनै मन्त्री भण्डारीले सचिव फेरिदिन अनुरोध गरिसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
टिप्पणीहरू