मिराज ढुंगानासङ्ग अरु जेनजीहरु आगो

मिराज ढुंगानासङ्ग अरु जेनजीहरु आगो

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगानाले घोषणा गरेको आन्दोलन र राखेको मागप्रति जेनजी अगुवाहरुले आपत्ती जनाएका छन् । 

हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित विरोधको कार्यक्रम घोषणा गरेको थियो । लगत्तै गत भदौ २३ को आन्दोलनको नेतृत्व गरेका अगुवाहरुले आपत्ती प्रकट गरेका हुन् ।  जेन–जी फ्रन्टका संयोजक रक्षा बमले ढुंगानाको माग र आन्दोलनलाई पश्चगामी भनेकी छन् ,‘एकजना जेन जी मित्र,जो ८ सेप्टेम्बर को दिन आन्दोलनमै आएका थिएनन्, आज अन्तरिम सरकारलाई ‘कामचोर’  घोषणा गरेर संसद पुनस्थापना र सर्वपक्षीय सरकार भनिरहेका छन् । अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसदमार्फत मुलुकलाई निकास दिँदै,हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ ।’

एकजना जेन जी मित्र,जो ८ सेप्टेम्बर को दिन आन्दोलनमै आएका थिएनन्, आज अन्तरिम सरकारलाई ‘कामचोर’  घोषणा गरेर संसद पुनस्थापना र सर्वपक्षीय सरकार भनिरहेका छन् । अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसदमार्फत मुलुकलाई निकास दिँदै,हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ ।’  

द काउन्सिल अफ जेनजीका कोशी प्रदेश संयोजक उपार्जुन चामलिङले ढुंगानाप्रति लक्षित गर्दै भनेका छन्, ‘जेन–जी आन्दोलन हाइज्याक गर्न नसकेर  एन्जाइटीमा पुगेका,भड्किएका आत्माहरुसँग आम नागरिक सचेत छन् । होशियार ।’  हिजो लुकेका,भागेका,डराएका र सुतेकाहरु कोसँग उठ्दै गरेको भनेर प्रश्नसमेत गरेका छन् ।  ढुंगाना भदौ २३ गतेको आन्दोलनमा सहभागी थिएनन् ।  आन्दोलनप्रति असहमति राखेर उनी पोखरा पुगेका थिए । 

‘जेन–जी’ अलायन्सले भने ढुंगानाप्रति गम्भीर आरोप लगाएको छ । संयोजक प्रतिक्षा प्रतिरोधले भनेका छन्, ‘मिराज ढुंगाना र उनको समूहले एकपछि अर्को जे गतिविधि गरिरहेका छन्, त्यो भने असाध्यै संशयपूर्ण रहेको छ । २३ भदौको ऐतिहासिक विद्रोहको तयारी भइरहेको बेला अनेकन बहनाबाजी गरेर उनी आन्दोलनबाट भागेर पोखरा पुगेको तथ्य हामी सबैलाई थाहै छ । उनले २३ भदौको विद्रोहमा नजान उर्दी नै जारी गरेका थिए । तर विद्रोह सफलता भएलगत्तै निर्लज्ज तरिकाले आफूलाई ‘जेन–जी’ समूहको नेता दाबी गर्दै आएका छन् ।’ 

‘जेन–जी’ अलायन्सले  ढुंगाना नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारी, नेपालको १० खर्ब बढी लुटको आरोप लागेका दिपक भट्ट, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र तत्कालिन केपी शर्मा ओलीबाट परिचालित भएको दाबी गरेको छ ।

‘जेन–जी’ अलायन्सले  ढुंगाना नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारी, नेपालको १० खर्ब बढी लुटको आरोप लागेका दिपक भट्ट, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र तत्कालिन केपी शर्मा ओलीबाट परिचालित भएको दाबी गरेको छ । 

विज्ञप्तिमार्फत भनेको छ, ‘यसविचमा ढुंगाना भक्तपुरस्थित नलिञ्चोक हेलिप्याड निर्माण र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको आरोप लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारी, नेपालको १० खर्ब बढी लुटको आरोप लागेका दिपक भट्ट, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग उनको समूहले पटक पटक भेटवार्ता गरेका छन् । २३ गतेको नरसंहारको प्रमुख दोषी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनः स्थापना गरेर पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा सरकार निर्माणका लागि पटक पटक छलफल गरेको तथ्य घामजस्तै छरलङ्ग छ । यसविचमा २३ गतेको आन्दोलनमा सहभागी समेत नभएका मिराज ढुंगानाको समूहले सर्वपक्षीय सरकारको माग राखेर आन्दोलनको घोषणा गर्नु संशयपूर्ण छ ।’  

 ‘जेन–जी’ इण्डिजिनियस  विद्रोहबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नका लागि एकताबद्ध हुनुपर्ने बेलामा अरुकै योजना र उक्साहटमा ढुंगाना उभिएको दावी गरेको छ । भनेको छ, ‘ ‘जेन–जी’ विद्रोहबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नका लागि एकताबद्ध हुनु पर्ने बेलामा अरुकै योजना र उक्सावटमा सर्वपक्षीय सरकारको माग गर्दै एकतर्फी आन्दोलनको घोषणाले हामी अचम्भित छौं । सर्वपक्षीय सरकारको ऐतिहासिक विद्रोहका मुख्य दमनकारी केपी ओली र उनका सहयोगीहरुको माग हो ।’

टिप्पणीहरू