बाबुराम-जनार्दनलाई छोडेर युवा नेता रवितिर

बाबुराम-जनार्दनलाई छोडेर युवा नेता रवितिर

बाबुराम भट्टराई-जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का एक युवा नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । 

अघिल्लो महिना गठन भएको प्रलोपा छोडेर नेता दिपक महतोले रास्वपा रोजेका हुन् । काठमाडौँ महानगरपालिका-१६ बनस्थलि, च:मतिस्थित कार्यालयमा दिउँसो आयोजित एक कार्यक्रमबीच उनलाई रास्वपा उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिश झालगायतले पार्टीमा स्वागत गरे । 

पार्टी प्रवेश कार्यक्रममा रास्वपाका करिब पाँच दर्जन नेता-कार्यकर्ता सहभागी रहेको बताइएको छ । विभिन्न क्षेत्रमा स्थापित तीन सय बढी मधेसी तथा मुस्लिम समुदायका अगुवा रास्वपामा मिसिएको दाबी गरिएको छ ।

टिप्पणीहरू