खुला विश्वविद्यालयमा उपकुलपति नियुक्तिको तयारी

खुला विश्वविद्यालयमा उपकुलपति नियुक्तिको तयारी

नेपाल खुला विश्वविद्यालयमा उपकुलपति नियुक्तिको तयारी गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज दरखास्त आह्वान गरेको हो । 

उपकुलपतिसँगै कुलसचिव पदका लागि पनि दरखास्त मागिएको छ । समितिको सूचनामा योग्यता पुगेका इच्छुक व्यक्तिलाई पुस ३० गतेभित्र आवेदन पेश गर्न भनिएको छ । 

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दरखास्त पेश गर्न सकिने जनाइएको छ । 

‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा १८ को उपदफा (१) बमोजिमको उपकुलपति र ऐ.ऐनको दफा १९ को उपदफा (१) बमोजिमको कुलसचिव पदमा नियुक्तिका लागि नेपाल खुला विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८२ बमोजिम निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ’, सार्वजनिक सूचनामा उल्लेख छ ।

टिप्पणीहरू