राजधानीमै ‘झोले विद्यालय’ काे बिगबिगी
काठमाडौंमा सञ्चालन अनुमति लिएका तर स्थापना नभएका विद्यालय सयौंको संख्यामा भेटिएको छ । महानगरपालिकाद्धारा गरिएको स्थलगत अनुगमनका क्रममा एक सय सात वटा विद्यालय सञ्चालन अनुमति लिएर स्थापना नभएको पाइएको हो ।
त्यस्ता विद्यालयको अनुमति खारेजीका लागि कार्यपालिकामा पेश गर्ने तयारी महानगरले गरेको छ । यद्यपि, महानगरको शिक्षा विभागले एक सूचना निकाल्दै नाममात्रका त्यस्ता विद्यालयलाई अन्तिम मौका दिएको छ । आगामी १५ दिनभित्र विद्यालयका सम्बन्धित व्यक्तिलाई प्रमाणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।
‘प्रकाशित सूचीबमोजिमका विद्यालयहरु स्थलगत रुपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक र गुठीयारले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र यस विभागमा सम्पर्क गरी सोको पुष्टि गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ । अन्यथा, विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गर्ने विभागको चेतावनी छ ।
टिप्पणीहरू