सीटीईभीटीमा उपाध्यक्ष नियुक्तिको तयारी

सीटीईभीटीमा उपाध्यक्ष नियुक्तिको तयारी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) को रिक्त उपाध्यक्ष पदमा अर्को नियुक्तिको तयारी गरिएको छ ।

नाम सिफारिस समितिले आज सूचना निकालेर आवेदन आह्वान गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुकलाई आगामी सात दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आवेदन पेश गर्न भनिएको छ ।

उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, इन्जिनियरिङ, कृषि, चिकित्सा शिक्षा, वन, शिक्षा प्रशासन वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव र ४० वर्ष उमेर पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ । 

परिषद्बाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक पदमा कार्यरत नरहेको व्यक्तिले मात्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ । यससम्बन्धी थप जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको जानकारी गराइएको छ ।

टिप्पणीहरू