पाकिस्तानबाट फर्केका नेपाली विद्यार्थीको काठमाडौंमा जमघट

पाकिस्तानबाट फर्केका नेपाली विद्यार्थीको काठमाडौंमा जमघट

काठमाडौंस्थित पाकिस्तान दूतावासले काठमाडौंमा भेटघाट कार्यक्रम आयोजना गरेको छ । पाकिस्तानबाट विभिन्न विषयमा उच्चशिक्षा हासिल गरेका र विभिन्न पेशा तथा क्षेत्रमा सक्रिय नेपाली पूर्वविद्यार्थीहरूको भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा चिकित्सक, इन्जिनियर, विज्ञ तथा अन्य पेशाका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको दूतावासले जनाएको छ । उक्त कार्यक्रम पूर्वविद्यार्थीबीच आपसी सम्पर्क, सहकार्य र अनुभव आदान–प्रदानको उद्देश्यले आयोजना गरिएको दूतावासको दाबी छ । 

पाकिस्तानमा अध्ययन पूरा गरी नेपाल फर्किएका उनीहरूको योगदान तथा अनुभवले दुई देशबीच कायम रहेको शैक्षिक र जन–स्तरीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास  दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू