शहीद दशरथ विश्वविद्यालयमा उपकुलपति नियुक्तिको तयारी

शहीद दशरथ विश्वविद्यालयमा उपकुलपति नियुक्तिको तयारी

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिको तयारी गरिएको छ । 

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । समितिले रजिष्ट्रार पदका लागि पनि आवेदन मागेको छ । 

विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८२ बमोजिम योग्य व्यक्तिले इच्छुक पदमा दरखास्त दिनसक्ने समितिले जनाएको छ । दरखास्त दिने समयावधि १५ दिन तोकिएको छ । 

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखामा आवेदन बुझाउनुपर्ने छ । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

टिप्पणीहरू