‘गो ब्याक अमेरिका’ भन्दै राजधानीमा मशाल जुलुस

‘गो ब्याक अमेरिका’ भन्दै राजधानीमा मशाल जुलुस

भेनेजुएलामाथि अन्तर्राष्ट्रिय कानुन विपरित सैन्य आक्रमण गरेको भन्दै काठमाडौंमा अमेरिका विरोधी नारा लगाइएको छ । ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा नेपाली कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनी श्रीमतीलाई राजधानी काराकासस्थित राष्ट्रपति भवनबाट नियन्त्रणमा लिएर सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेकाले अमेरिकाको विरोधमा मशाल जुलुस निकालिएको बताएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मदन ढकाल, ताहाचल क्याम्पस इकाइ अध्यक्ष विशाल घलानको नेतृत्वमा निकालिएको विरोध प्रदर्शनमा २१ वटा मशाल बालिएको थियो । क्याम्पस प्राङ्गणबाट मशालसहित निस्केका विद्यार्थीहरुले अमेरिकी साम्राज्यवाद मुर्दावाद, ‘गो ब्याक’ अमेरिका, निकोलस मादुरोलाई रिहा गरलगायत नारा लगाएका थिए ।

टिप्पणीहरू