रात्रिबसमा १५ लाखको अवैध मोबाइल पार्टस

रात्रिबसमा १५ लाखको अवैध मोबाइल पार्टस

धनगढीबाट काठमाडौं आएको रात्रिबसमा करिब १५ लाखको अवैध सामान फेला परेको छ । ना.८ ख ८४९५ नम्बरको रात्रिबसलाई बाफलमा चेकजाँच गर्ने क्रममा डिक्कीभित्रबाट बिलबिनाको मोबाइल पार्टस बरामद गरिएको छ ।

डिकीमा राखिएका २७ बोरामा टेम्पर्ड ग्लास र एउटा बोरामा एअरपड्स फेला परेको हो । प्रहरीका अनुसार १४ लाख १७ हजार पाँच सयको टेम्पर्ड ग्लास र ८० हजारको एअरपड्स मूल्य अनुमान गरिएको छ ।

बससहित गाडीका चार जना स्टाफलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।

टिप्पणीहरू