राजधानीमै भेटिए गाेलीसहित पेस्तोल भिरेकाहरू
काठमाडौंको बाफलबाट पेस्तोलसहित तीन जना समातिएका छन् । नागार्जुन नगरपालिका–४, बाफलबाट प्रहरीले दुई थान पेस्तोलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा स्थानीय ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राईसहित डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकास शाही, मोरङ घर भएका २२ वर्षीय शाहिल तिवारी छन् ।
उनीहरुको साथबाट सीएफ ९८ लेखिएको दुई थान पेस्तोल, तीन थान म्यागजिन, दुई थान गोली र दुई थान गोलीको खोका बरामद गरिएको प्रहरीले जनाएको छ ।
यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
टिप्पणीहरू