घर फर्केका चिनियाँ राजदूतलाई नयाँ जिम्मेवारी

घर फर्केका चिनियाँ राजदूतलाई नयाँ जिम्मेवारी

नेपालका लागि चीनका निवर्तमान राजदूत छन सोङले विदेश मन्त्रालयको नीति योजना विभागमा निर्देशकको जिम्मेवारी पाएका छन् । बढुवा भएर गत बुधवार बेइजिङ्ग फर्केका छनको जिम्मेवारीमा रहेको नीति योजना विभागले विश्व परिस्थिति र अन्तर्राष्ट्रिय सम्बन्धसँग सम्बन्धित रणनीतिक मुद्दाहरूको अध्ययन,विश्लेषणसँगै आवश्यक नीति तर्जुमा गर्दछ । 

उनी मातहत तीन जना उपनिर्देशक रहेको उक्त विभागलाई समग्र कूटनीतिक जिम्मेवारीको नीति तथा योजना तयार पार्ने,महत्वपूर्ण कूटनीतिक दस्तावेज र भाषणको मस्यौदा तयार पार्ने,विदेश नीतिसम्बन्धी आवश्यक काम गर्ने, कूटनीतिक अनुसन्धान र विश्लेषण कार्यलाई समन्वय गर्दै कूटनीतिक इतिहास अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

विदेश मन्त्रालयको उक्त विभागलाई चीनको अन्तर्राष्ट्रिय रणनीति र कूटनीतिक कार्यको केन्द्रविन्दु मानिन्छ । नवनियुक्त निर्देशक छन एक दशकअघि सोही विभागको डकुमेन्ट्स अफिस (अभिलेखालय) प्रमुख थिए । उनी राजदूतको तीन वर्षे कार्यकाल पूरा गरेर गत साता स्वदेश फर्केका हुन् ।

टिप्पणीहरू