कुलमानको भागमा उपसभापति र अठार

कुलमानको भागमा उपसभापति र अठार

उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिसाउन कुलमान घिसिङ तयार भएका छन् । 

रवि लामिछाने सभापति र बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउनेगरी यसअघि दुई पक्षले गरेको सहमतिमा असन्तुष्ट हुँदै बिच्किएका उनी उपसभापति लिएर रास्वपामा मिसन तयार भएको बताइएको छ । अहिले केहीबेरमा सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भैरहेको बुझिएको छ । 

स्रोतका अनुसार कुलमानको टोलीलाई १८ जना समानुपातिक सिट छुट्याउन रवि र बालेन्द्र तयार भएपछि सहमति जुटेको हो ।

आफूलाई जेनजी अगुवा भन्ने ३७ वर्षे सुधन गुरुङले तीनै जनालाई मिलाउन पाउँदा खुशी लागेको फेसबुकबाट बताएका छन् ।

टिप्पणीहरू