एमालेको पुनः रोजाई कोमल वली

एमालेको पुनः रोजाई कोमल वली

नेकपा एमालेको आज बसेको सचिवालय बैठकमा भोलि पेश हुने समानुपातिक उम्मेदवार सूचीबारे छलफल गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीको च्वाइसका उम्मेदवारहरु सूचीको अघिल्लो लाइनमा राखिएका छन्।

क्रम संख्यामा हालैको महाधिवेशनबाट उपाध्यक्षमा पराजित मोरङका गुरु बरालको नाम छ । बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट,उपमहासचिव योगेश भट्टराईले एकताको भाव सम्प्रेषण गर्न पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम समेट्न सुझाव दिए । बैठकको अध्यक्षता गरिरहेका अध्यक्ष केपी शर्मा ओलीले ‘हेरौंला,भोलि टुंग्याउँला’ त्यहीअनुसार सुझाव दिनुहोला भनेपछि समानुपातिकमा पर्नेहरुको नाम भटाभट सुनाइएको थियो ।

आज नाम अगाडि सारिएका महिलाहरुको सूचीमा कोमल ओली दोहोरिएकी छन् । १ नम्बरमा स्याङ्जाकी पद्यमा अर्याल,२ नम्बरमा लमजुङकी टुका भद्रा हमाललाई राखिएको छ । हमाल अखिल नेपाल महिला संघकी अध्यक्ष हुन् । त्यसपछि शान्ता चौधरी,कोमल ओली,मञ्जु चौधरी,निशा घतानीको नाम छ । ती सबै नामलाई भोलि औपचारिकता दिइँदै छ ।

"मुलुक जोगाउन शेरबहादुर देउवासँग मेरो राम्रो संवाद भएको छ । देशलाई निकास दिने काँग्रेस र एमालेले नै हो ।’

आजको बैठकमा अध्यक्षले हिजो बालुवाटारमा भएको भेटवार्तामा ब्यक्त गरेको सेनासम्बन्धी धारणावारे जानकारी गराएका थिए । उनले भने, ‘सेना परिचालन गर्ने विषय बालुवाटारमा उठेको हो तर गतल ढंगले व्याख्या गरियो । मैले निर्वाचनको भित्री सुरक्षा घेराभित्र प्रहरी हुने र बाहिरी घेरामा सेना रहने उल्लेख गरेको हुँ । त्यो भनेको प्रहरीलाई सपोर्ट गर्न राखिएको हो । प्रहरीले सुरक्षा गर्ने भन्ने विषयलाई सरकारी तहबाटै गलत व्याख्या गरियो ।’ 

झण्डै एक घण्टा लामो प्रवचन दिएका अध्यक्षले मुलुकलाई युक्रेन बनाउन स्वार्थ समूहले पहिलो योजना सफल नभएपछि भदौमा दोस्रो तरिका अपनाएको निश्कर्ष सुनाएका थिए । उनले भने, ‘तर मुलुक जोगाउन शेरबहादुर देउवासँग मेरो राम्रो संवाद भएको छ । देशलाई निकास दिने काँग्रेस र एमालेले नै हो ।’ पट्यारलाग्दो एक घण्टाको समयमा उनले रामायण, महाभारतका कथा हाल्दै धार्मिक तथा मार्मिक उदाहरण दिएको बताइन्छ ।

टिप्पणीहरू