बालेनलक्षित ओलीको टिप्पणी:‘चर्चित भनिएकाहरू नै नशामा भेटिन्छन्’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै उनको यस्तो टिप्पणी आएको हो ।
पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छे नै नसामा भेटिने गरेको बताए । युवाहरूले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण देखाउन नसक्नु र आफूलाई सहीरूपमा प्रस्तुत गर्न नसक्नु मुलुककै लागि समस्याको विषय भएको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।
एमालेमा आवद्ध युवाहरू यस्तो दुव्र्यसनीमा नरहेको जिकिर गर्दै भने ‘आजको दिनमा युवाहरुले ठिक कुरा बुझ्नु, ठिक आचरण गर्नु र ठिक ढंगले आफूलाई प्रस्तुत गर्नु देशकै समस्या भएको छ । देशका चर्चित भनिएका मान्छेहरु नशामा झुम्मिन्छन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नशामा भेटिन्छन् । तर, हाम्रा युवाहरूमा त्यस्तो कुनै दुव्र्यसन देखिएन ।’
लीले मुलुकको स्वाधिनताको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।
टिप्पणीहरू