काँग्रेसका भाइरल नेता पनि बालेनसँगको भेटमा

काँग्रेसका भाइरल नेता पनि बालेनसँगको भेटमा

आफ्नै नेतृत्वमा नयाँ पार्टी गठनको तयारीमा रहेको भनिएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहसँग नेपाली काँग्रेसका नेताले पनि भेटवार्ता गरेका छन् । 

पुराना पार्टीका असन्तुष्ट नेता, अभियन्ता, कलाकारसहित विभिन्न क्षेत्रका भाइरल व्यक्तिलाई समेटेर वैकल्पिक शक्ति निर्माणमा जुटेका बालेन हिजोदेखि सघन भेटवार्तामा व्यस्त छन् । सोहीक्रममा काँग्रेस नेता सुनिल शर्मा र चन्द्रकान्त भण्डारीले उनलाई भेटेको बताइएको छ । 

विघटित प्रतिनिधिसभाका सांसदसमेत रहेका शर्मा र भण्डारी कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको कट्टरविरोधी खेमाका नेता हुन् । सामाजिक सञ्जालले रुचाएका कुरा गर्ने दुवैले पुराना पार्टीका शीर्ष नेताहरूको विरोधमा बोल्ने गरेका छन् । 

नोबल मेडिकल कलेजका मालिकसमेत रहेका शर्माले केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेलमै पुगेर भेटेका थिए । सहकारी ठगी प्रकरणमा अदालतको आदेशले जेल परेका व्यक्तिलाई भेटेको भन्दै कांग्रेसभित्रै उनको आलोचना भैरहेको छ ।

टिप्पणीहरू