वीरगञ्जमा निषेधाज्ञा, संयमता अपनाउन आग्रह
पर्साको वीरगञ्जमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन नगर्न दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनामा वीरगञ्ज महानगरपालिकाको पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लागू गरिएको उल्लेख छ ।
हिजो मुस्लिम समुदायले र आज बिहानदेखि हिन्दुवादी समूहहरू प्रदर्शनमा उत्रिएपछि निषेधाज्ञा जारी गरिएको हो । प्रशासनले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

टिप्पणीहरू