देउवालाई आफ्नै पार्टीको बिशेष निम्तो
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ । पर्सि उद्घाटन हुने विशेष महाधिवेनको लागि भृकुटीमण्डपमा सजावट र मञ्च व्यवस्थापनको तयारी गरिरहेको समूहले देउवालई प्रमुख अतिथिको निमन्त्रणा दिने तयारी गरेको हो ।
विशेष महाधिवेशन व्यवस्थापन समितिले भोलिसम्म संस्थापन पक्षलाई अपनत्व लिने समयसमेत दिएको छ । यदि संस्थापन पक्षले अपनत्व नलिएमा आफै आयोजक समिति बनेर विशेष महाधिवेशन सम्पन्न गर्ने उनीहरुको तयारी छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अस्ति विशेष महाधिवेशन आह्वान गर्दै संस्थापन पक्षलाई अपनत्व लिइदिन आग्रह गरेका थिए । तर कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरु भने विशेष महाधिवेशन रोक्ने रणनीतिमा छन् । भोलिसम्म पनि संस्थापन पक्षले अपनत्व नलिएमा उक्त समूहका नेताहरुलाई अतिथिको निम्तो दिने थापा-शर्मा समूहको तयारी छ ।
टिप्पणीहरू