कार्यकर्तालाई विभाजित नगर्न राप्रपाको निर्देशन
कतिपय नेता–कार्यकर्ताले पार्टीको संस्थागत निर्णयविपरीत अनर्गल प्रचार गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सचेत गराएको छ ।
आज विज्ञप्ति जारी गर्दै राप्रपाले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति नदिन, टिकाटिप्पणी नगर्न तथा कार्यकर्ता विभाजित तुल्याउने कार्य नगर्न भनेको छ ।
पार्टीले संस्थागत रुपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनु पार्टी सदस्यको कर्तव्य, धर्म र जिम्मेवारी रहेको पनि स्मरण गराइएको छ ।
‘विषम परिस्थितिमा पनि पार्टीको लोकप्रियता बढ्दै गएको, देशले बलियो राष्ट्रवादी शक्तिको खोजी गरिरहेको, सम्पूर्ण राष्ट्रवादी शक्ति एकीकृत बन्दै गएको र निर्वाचन नजिकिँदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने, अनेकन टिकाटिप्पणी गर्ने, कार्यकर्ता विभाजित तुल्याउने कार्यहरु पार्टीको वृहत्तर हित विपरीत र अवाञ्छित हुने हुँदा यस्ता कार्यमा संलग्न नहुन राप्रपा समग्र पार्टी पंक्तिलाई हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू