डिपी अर्याल गाडीमा पठाएर रविले समाते प्लेन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनावी तयारी र अदालतमा हाजिर हुने प्रयोजनार्थ चितवन गएका छन् । उनी बुद्ध एयरको U4-355 उडानमार्फत मध्यान्ह १२ बजे काठमाडौँबाट भरतपुर प्रस्थान गरेका हुन् ।
चितवन उड्नुअघि रविले बिहान राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसँग हात्तीगौँडास्थित आफ्नै निवासमा १ घण्टा भेटवार्ता गरेका थिए ।
यता, रविका उपसभापति डोलप्रसाद अर्याल पनि चितवन पुगेका छन् । उनी स्थलमार्ग हुँदै बिहान भरतपुर गएको बताइएको छ ।
टिप्पणीहरू