विद्यालय निरीक्षक वर्षााैं बेपत्ता
फाइल फोटो
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय निरीक्षक श्यामला पौडेललाई स्पष्टीकरण सोधेको छ । पाँच वर्षदेखि बिनासूचना गैरहाजिर रहेका उनलाई मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर स्पष्टीकरण सोधेको हो ।
आगामी १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न अन्यथा सेवाबाट हटाउने चेतावनी दिइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत नेपाल शिक्षा सेवामा विद्यालय निरीक्षक पदमा कार्यरत पौडेलले २०७७ भदौ ३ गतेदेखि ११ गतेसम्मका लागि असाधारण बिदा लिएकी थिइन् ।
तर, त्यसयता उनी अनुमतिबेगर गैरहाजिर रहेको मन्त्रालयको भनाइ छ । ‘असाधाराण बिदा समाप्ति मिति २०७७–०५–१२ गतेपश्चात् पनि नब्बे दिनभन्दा बढी अवधिदेखि केन्द्रमा हाजिर हुनुभएको नदेखिएकाले निजामति सेवा ऐन, २०४९ को दफा ६१ को १ (छ) अनुसार भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ?,’ मन्त्रालयले सोधेको छ ।
टिप्पणीहरू