ईपीएस कार्यालयबाहिर आज पनि भीड
विभिन्न ९ बुँदे माग राखेर पुस १६ गतेदेखि आन्दोलनरत ईपीएस पीडितहरुले तेस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालयबाहिर उनीहरुले शान्तिपूर्ण आन्दोलन शुरु गरेका हुन् । पीडितहरु केदार राउत, शब्दबहादुर राईलगायत एक दर्जनले आज बिहान ११ बजेदेखि आन्दोलन थालेकोमा आन्दोलनकारीहरु आउने क्रम जारी छ ।
उनीहरुले सबैभन्दा बढी पीडित कृषि शाखाका कामदारहरुलाई प्राथमिकतामा राख्नुपर्ने,अन्यायपूर्ण हटाइएका सबै कामदारलाई पुनः समावेश गर्नुपर्ने, ईपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरुको फाइल अनिवार्य कम्तीमा १० पटकसम्म कम्पनीमा पठाउनुपर्ने, एउटै व्यक्तिलाई पटकपटक अवसर दिने प्रणालीको अन्त्य गर्नुपर्ने,लामो समय कुर्न बाध्य ईपीएस पीडितहरुलाई विशेष राहत र छुट दिनुपर्नेलगायतका माग राखेका छन्।
त्यसैगरी, पीडितहरुसँग सम्बन्धित निकायले प्रत्यक्ष संवादको व्यवस्था मिलाउनुपर्ने,कुनै पनि सेक्टरमा भेदभावपूर्ण निर्णय नगर्न स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने, ईपीएस प्रक्रिया ढिलाई हुँदा पीडित परिवारले भोग्नुपरेको आर्थिक र मानसिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने, रोष्टरमा भएका ९५ प्रतिशतलाई कोरिया पठाउने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
टिप्पणीहरू