एमालेका नवनिर्वाचित पदाधिकारीलाई ललितपुरमा बधाई
नेकपा (एमाले) को ललितपुर जिल्ला कमिटीले एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गरेको छ ।
ललितपुर महानगरपालिका–१५, सातदोबाटोस्थित एमालेको जिल्ला कार्यालयमा कमिटी र ललितपुर महानगर कमिटीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाईसँगै सफल कार्यकालको शुभकामना दिइएको हो ।
जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष रघुजी पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय उपमहासचिव लेखराज भट्ट,केन्द्रीय सचिवहरु भानुभक्त ढकाल,महेश बस्नेत,महानगर कमिटी अध्यक्ष ज्ञानेन्द्र शाक्यलगायत झण्डै एक सय जनाको उपस्थिति थियो ।
टिप्पणीहरू