छिर्के हान्नेहरुका खेल छरपस्ट

छिर्के हान्नेहरुका खेल छरपस्ट

प्रथम राष्ट्रपति डा.रामवरण यादवका छोरा डा.चन्दमोहनलाई नेपाली काँग्रेसले मधेशी क्लस्टरतर्फ समानुपातिकको पहिलो नम्बरमा राखेपछि आलोचना भएको छ । राजनीतिमा प्रभाव र पहुँच राख्न नसक्नेहरूका लागि छुट्याईएको समानुपातिक कोटामा पूर्वराष्ट्रपति पुत्रलाई प्राथमिकता दिइएको भन्दै सार्वजनिक रूपमा आलोचना भएको हो । 

चन्द्रमोहनलाई समानुपातिक सूचीमा राख्न पूर्वराष्ट्रपतिको दबाब र प्रभावले काम गरेको अनुमान भैरहँदा कांग्रेससम्वद्ध स्रोतले भने स्थानीय राजनीतिलाई यसको कारक मानेको छ । यसअघि नै प्रत्यक्षतर्फ जितेर आएका उनलाई समानुपातिकको पहिलो नम्बरमै राखिनुको पछाडि सहमहामन्त्री महेन्द्र यादव र उनका मधेश प्रदेशका मुख्यमन्त्री सम्धी कृष्ण यादवको हात रहेको बताइन्छ । 

धनुषा- ४ पहिले रामवरणले जित्दै आएको क्षेत्र हो । ०६४ मा पनि त्यहीँबाट जितेका उनी राष्ट्रपति भएपछि उपनिर्वाचनमा चन्द्रमोहन उठेका थिए । यही क्षेत्रका हुन् कांग्रेस सहमहामन्त्री महेन्द्र यादव । पहिले समानुपातिकमा सुरक्षित हुँदै आएका उनी गत निर्वाचनमा भने प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएका थिए । तर,एमाले नेता रघुवीर महासेठसँग १२३ मतले पराजित हुन पुगे । 

त्यतिबेला चन्द्रमोहनको समूहले अन्तर्घात गरेका कारण हार व्यहोर्नुपरेको भन्दै केही प्रमाणसहित पार्टी केन्द्रीय कार्यालयमा उजुरी हालेका थिए । तर, उनले कुनै कारवाही गराउन सकेनन् । यसपटक पनि धनुषा-४ बाटै चुनाव लड्न कस्सिएका यादवले पूर्वराष्ट्रपति पुत्रलाई समानुपातिकमा राखेर अहिलेबाटै बाधा-अड्चन फुकाउन खोजेको बताइन्छ ।

अहिले घुमिफिरी एमालेमा आइपुगेका यी दुई अध्यक्ष केपी ओली निकट रहेर टिकट सुरक्षित गर्ने दौडमा थिए । तर, किसानले चलाखी गर्दै एकबालसँग कुनै सल्लाहै नगरी समानुपातिकतर्फ मुस्लिम कोटाको दोस्रो नम्बरमा राख्न लगाएको बताइन्छ ।     

आगामी निर्वाचनमा चन्द्रमोहनलगायतबाट अन्तर्घात नहोस् भनी पूर्वसावधानी अपनाउँदै उनलाई समानुपातिकको कोटामा प्राथमिकतामा राखिदिएर आफू सो क्षेत्रमा सुरक्षित हुन खोजेको मधेशका एक काँग्रेस नेताले जनआस्थालाई बताए । हुन त सहमहामन्त्री महेन्द्रले गत चुनावमा विमलेन्द्र निधिलगायतले पनि आफूलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।

त्यसो त,काँग्रेसभित्र अन्तर्घातको रोग आफैँमा नौलो होइन । त्यसमा पनि मधेशमा यस्तो अझ बढी देखिन्छ । गत निर्वाचनमा पनि पूर्वमहामन्त्री विमलेन्द्रले पटक-पटक जित्दै आएको धनुषा-३ मा चुनाव लड्न आँट गरेका थिएनन् । त्यसको एउटा कारण तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणलाई ठानिएको थियो । सभापति शेरबहादुर देउवा गुटको हुँदाहुँदै पनि कांग्रेसभित्र यी दुईको आन्तरिक प्रतिद्वन्द्विता त्यतिबेला चर्को थियो ।    

महेन्द्र यादव पूर्वगृहमन्त्री खाँणका निकट सहयोगी हुन् । यही त्रासको मनोविज्ञानले प्रत्यक्षतर्फ उठ्न हिम्मत नगरेका विमलेन्द्रले समानुपातिकतर्फ मधेशी कोटामा आफ्नो नाम पहिलो नम्बरमा राखेर सुरक्षित भएको चर्चा थियो । त्यसको लाभ उठाउँदै सो क्षेत्रबाट एमालेकी जुली महतोले जितिन् । 

यसरी चन्द्रमोहनलाई समानुपातिकमा सुरक्षित बनाउन खोज्नु पूर्वराष्ट्रपतिको चासो र सरोकारभन्दा पनि महेन्द्रले चलाखी गरेको उनै मधेशी नेताले बेलिबिस्तार लगाए । 

यता,नेकपा एमालेभित्र पनि एकले अर्कोलाई समानुपातिकतर्फ हुत्याएर आफू टिकटको एकलौटी दावेदार बन्ने चलखेल उस्तै छ । जसको एउटा ज्वलन्त उदाहरण हुन्- तनहुँ घर भई बारा-४ बाट राजनीति गर्ने किसान श्रेष्ठ र एकबाल मियाँ । पूर्वमन्त्रीसमेत रहेका यी दुईले पालैपालो सो क्षेत्रबाट जितेका थिए ।  

०७४ को चुनावमा तमलोपाबाट एकबालले जितेको क्षेत्र हो यो । गत चुनावमा भने माधव नेपालको एकीकृत समाजवादीबाट उम्मेदवार बनेर किसानले बाजी मारे । निर्वाचनको पूर्वसन्ध्यामा पार्टी प्रवेश गरी हातहाती टिकट पाएका एकबाल एमालेको उम्मेदवार थिए । तर,उनलाई किसानले हराइदिए । 

अहिले घुमिफिरी एमालेमा आइपुगेका यी दुई अध्यक्ष केपी ओली निकट रहेर टिकट सुरक्षित गर्ने दौडमा थिए । तर, किसानले चलाखी गर्दै एकबालसँग कुनै सल्लाहै नगरी समानुपातिकतर्फ मुस्लिम कोटाको दोस्रो नम्बरमा राख्न लगाएको बताइन्छ ।  

एकबाल मियाँले जनआस्थासँग भने, ‘मेरो जानकारी र सरसल्लाहबिनै समानुपातिकमा नाम राखिएको भन्ने सुनेको छु ।’
 

टिप्पणीहरू