कुलमानका मान्छेलाई अर्को सूचीमा सारिँदै

कुलमानका मान्छेलाई अर्को सूचीमा सारिँदै

उज्यालो नेपाल पार्टी (उनेपा)का नेताहरु राष्ट्रिय परिवर्तन पार्टी (रापपा)बाट समानुपातिक उम्मेद्वार बन्ने भएका छन् । दुई पार्टीले एकता गर्नेगरी आगामी प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्न लागेका हुन् । 

दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने निर्णय गर्दा निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउने अवसर गुमाइसकेको उनेपाले अब राष्ट्रिय परिवर्तन पार्टीले बुझाएको बन्दसूची हेरफेर गर्दै अद्यावधिक गर्न लागेको हो । जसअनुसार उनेपाका २४ जनालाई रापपाको उम्मेद्वार सूचीमा समावेश गरिँदैछ । 

उनेपा अध्यक्ष कुलमान घिसिङले चुनाव तालमेलको लागि अन्य साना दलहरुसँग पनि छलफल गरिरहेको खबर बाहिरिएकाे छ।
 

टिप्पणीहरू