काङ्ग्रेस फुट्न नदिन वकिलहरुसङ्ग छलफल

काङ्ग्रेस फुट्न नदिन वकिलहरुसङ्ग छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र वरिष्ठ अधिवक्ताहरुसँग बिभाजन रोक्ने उपायबारे छलफल गरेका छन् । 

युवाहरुसङ्ग एकाकार हुने अवसर गुमाइसकेका कोइरालाले बिष पिएरै भए पनि एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए ।

भने-"म पार्टी सभापति,कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु।" 

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ,सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार,केन्द्रीय सदस्यहरु बलब. केसी, मिनेन्द्र रिजाल,वरिष्ठ अधिवक्ताहरु- शेरबहादुर केसी,योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायतको सहभागिता थियो ।

टिप्पणीहरू