महन्थसँग मिलेको भोलिपल्ट उपेन्द्रको पार्टीमा बिद्रोह

महन्थसँग मिलेको भोलिपल्ट उपेन्द्रको पार्टीमा बिद्रोह

उपेन्द्र यादव नेतृत्वको जसपामा बिद्रोह भएको छ । उपाध्यक्ष शिवलाल मगरको नेतृत्वमा केन्द्रीय सदस्यहरूको एक समूह पार्टीबाट बाहिरिएको हो । 

उनीहरू नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेको बताइएको छ । दिउँसो पेरिसडाँडामा एक कार्यक्रमबीच सहमति पत्रमा हस्ताक्षर गर्ने र साढे ३ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । 

हिजोमात्रै जसपा नेपाल र लोसपाबीच पार्टी एकीकरण गर्ने औपचारिक निर्णय भएको थियो । महन्थ ठाकुर संरक्षक र यादव अध्यक्ष रहनेगरी पार्टी एकताको निर्णय भएको हो ।

टिप्पणीहरू